काठमाडौं, २२ असार । कञ्चनपुरमा एक युवकको शव फेला परेको छ । भीमदत्त नगरपालिका–६ एैठपुरस्थित गोल्डेज विरज स्कुलको छतमा प्रेमसिंह धामी मृत फेला परेको प्रहरीले जनाएको छ ।
२२ वर्षीय धामी सोही नगरपालिकाका वडा न ७ हल्दुखालका स्थानीय हुन् । धामीसँगै सुतेका अर्का युवकले उनको मृत्यु भएको भन्दै प्रहरीलाई खबर गरेका थिए ।
अहिले उनी प्रहरीको नियन्त्रणमा छन् । उनीहरु लागुऔषध प्रयोगकर्ता रहेको र उनीहरुले मादकपदार्थ सेवन गरेर छतमा सुतेको प्रहरीले जनाएको छ ।