Logo

अर्थमन्त्रीको विवादबारे संसदीय छानबिन समिति गठन गर्नुपर्छ : उपसभापति खड्का



काठमाडौं, २२ असार । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले बजेट निर्माणको क्रममा अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्ति प्रवेश गराएको विषयमा उठेको विषयबारे मुख खोलेका छन् । उनले यस विषयमा तत्काल संसदीय छानबिन समिति गठन गर्नुपर्ने सुझाव दिएका छन् ।

उनले समितिले छानबिन गरेर यथार्थ कुरा सार्वजनि गरिनु नै ठीक हुने तर्क गरेका छन् । उनले आज फेशबुकमा लेखेका छन्-“बजेट निर्माणकाे बेलाकाे बिषय समेतलाई जाेडेर अर्थमन्त्रालयका सम्बन्धमा संसद र अामजनमानसकाे गंभीर चासाेकाे बिषय बनी सकेपछि याे बिषयलाई बिश्वासिलाे तरिकाले समाधान गर्न संसदिय छानबिन समिति बनाएर यथार्थ कुरा सार्वजनिक गरिनु ठिक हुन्छ। बिगतमा पनि संसदकाे यस्ताे परम्परा छ । बरु ढिलाे नगराै संसदबाट अाजै संसदिय समिति निर्माणकाे टुङ्गाे लगाउँ”



प्रतिक्रिया दिनुहोस्