Logo

प्रतिनिधि सभा बैठक २ बजेसम्मका लागि स्थगित



काठमाडौं, २२ असार । बुधबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक २ बजेसम्मका लागि स्थगित भएको छ । दिउँसो १ बजेसम्म सुरु हुन नसकेपछि सुचना टाँस गरेर बैठक स्थगित भएको जानकारी दिइएको हो ।

एमालेले बजेट बनाउने क्रममा अनाधिकृत ब्यक्तिको सम्लग्नता रहेको भन्दै छानबिनका लागि संसदीय समिति बनाउन माग गर्दै आएको छ ।

र, माओवादी केन्द्रपनि छानबिन समिति बनाउन सहमत भएको छ । आजको संसद बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आफ्नो धारणा राख्ने योजना बनाएका थिए ।



प्रतिक्रिया दिनुहोस्