काठमाडौं, २३ असार । नेकपा (माओवादी केन्द्र) ले स्थायी कमिटी गठन गरेको छ । पार्टीको जारी केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले ४१ जनाको स्थायी कमिटी गठन गरिएको जानकारी गराएका हुन् । यसअघि दाहालले पोलिटब्यूरो कमिटीका सदस्यहरुको नाम वाचन गरका थिए ।
स्थायी कमिटीमा भने अध्यक्ष दाहालसहित नेताहरु नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, देव गुरुङ, गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, शक्ति बस्नेत, जनार्दन शर्मा, चक्रपाणि खनाल, पम्फा भुसाल, हितमान शाक्य, कुलप्रसाद केसी, मातृका यादव, जयपुरी घर्ती, लीलामणि पोखरेललगायत छन् । त्यस्तै, स्थायी कमिटीमा केन्द्रीय कार्यालय सचिव, पार्टी मातहतका आयोगका अध्यक्षलगायत पनि रहने व्यवस्था छ । file photo