Logo

प्रचण्डले सकेनन् पदाधिकारी टुँगो लगाउन, अझै केही दिन समय मागे



काठमाडौं, २३ असार । नेकपा (माओवादी केन्द्र) ले बैठक पदाधिकारी चयन नगरी सम्पन्न भएको छ ।

बैठकको समापन गर्दै अध्यक्ष दाहालले केही दिनभित्रै पदाधिकारीको टुंगो लगाउने स्पष्ट पारेका थिए ।

उनले भने,‘दुई/चार दिनभित्रै आवश्यक होमवर्क गरेर पदाधिकारीमा रहनेको नाम टुंगो लगाउनेछौं ।’

बैठकले स्थायी कमिटी र पोलिटब्यूरो भने टुँगो लगाएको छ ।

१५६ जनाको पोलिटब्यूरो र ४१ जनाको स्थायी कमिटी गठन गरिएको जनाईएको छ ।

 



प्रतिक्रिया दिनुहोस्