Logo

बुढीगंगामा मतगणना गर्न सर्वदलिय बैठक जारी



काठमाडौं, २४ असार । बाजुराको बुढीगंगा नगरपालिकाको हिजो सम्पन्न भएको मतदानको मतगणनाको लागि सर्वदलिय बैठक जारी रहेको छ । सर्वदलिय बैठक लगत्तै मत गणना गर्ने जनाइएको छ ।

गत बैशाख ३० गते सम्पन्न भएको निर्वाचनमा बुथ क्याप्चर भएको आरोपपछि निर्वाचन आयोगले पुनः मतदान गरेको हो। बिहीबार भएको चुनावमा ६६.८३ प्रतिशत मत खसेको आयोगले जनाएको छ।

गठबन्धनबाट रंग खाती र नेकपा एमालेबाट रामबहादुर बानियाँ मेयरका प्रत्यासी छन् । त्यस्तै, उपप्रमुखमा गठबन्धनबाट रिता शाही र एमालेबाट मनाकुमारी खड्का मैदानमा उत्रिएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्