Logo

यसकारण ठमेल पर्यटन विकास परिषदको उपाध्यक्षमा सहदेव धमलाको उम्मेदवारी



काठमाडौं, २८ असार । आगामी असार ३२ गते ठमेल पर्यटन विकास परिषदको नयाँ कार्यसमितिको लागि निर्वाचन हुँदैछ । संस्थाको २५,२६ र २७औं साधारण सभा लैनचौर ब्याङक्वेटमा एकैदिन हुन लागेको हो ।

परिषदको उपाध्यक्षमा व्यवसायी सहदेव धमलाले उम्मेदवारी दिएका छन् । धमलाले भविश्वर शर्माको प्यानलबाट उम्मेदवारी घोषणा गरेका हुन् ।

रिपोर्टर्स नेपाल डटकमसँग कुरा गर्दै धमलाले समग्र ठमेल क्षेत्रको विकासको लागि आफुले उम्मेदवारी दिएको बताए । “राम्रो ठमेल, हाम्रो ठमेल“ बनाउने आफ्नो टिमको योजना रहेको उनले सुनाए । शर्माको टिममा समावेशी अवधारणा अपनाएको  उनले स्पष्ट पारे । धमलाले आफु र आफ्नो प्यानलले जित्ने पनि ठोकुवा गरे । उनले आफ्नो टिममा नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)को समर्थन रहेको भन्दै आफ्नो प्यानलले जित्ने दाबी गरे ।

धादिङको नीलकण्ठ नगरपालिका ज्यामरुङ–११ मा जन्मिएका धमलाले विगत १८ वर्षदेखि राजधानीको ठमेललगायतका विभिन्न स्थानमा व्यवसाय गर्दै आएका छन् ।

उनले ठमेलस्थित काठमाडौं इको होटल, बेस्ट हेरिटेज टुर एण्ड ट्राभल्स, शैक्षिक संस्था, अन्य होटल तथा रेष्टुरेन्ट सञ्चालन गर्दै आएका छन् ।
स्नातकोत्तर सम्मको अध्ययन गरेका धमला ठमेल पर्यटन विकास परिषदका पुर्व कार्य समितिका सदस्य पनि हुन् ।

विभिन्न समाजसेवामा आबद्ध व्यवसायी धमलासँग ओमेन इमपावरमेन्ट अभियानअन्तर्गत नुवाकोट मौरीपालनको संयोजक समेत भएर काम गरेको अनुभव छ ।

नेपालमा २०७२ सालमा गएको भुकम्पपछिको पुनःनिर्माणमा सामाजिक अभियन्ता भएर काम गरेका धमला माओवादी केन्द्र निकट केन्द्रीय युवा तथा खेलकुद विभागको सदस्य समेत हुन् । उनी लायन्स क्लब स्पिच्युएलका अध्यक्ष धमला भुपु विद्यार्थी सञ्जालमा समेत आबद्ध छन् ।



प्रतिक्रिया दिनुहोस्