काठमाडौं, २८ असार । काठमाडौं जिल्ला अदालत बार एशोसिएसनको असार ३२ गते हुन लागेको निर्वाचनमा अधिवक्ता रामचन्द्र पौडेल (आरसी विमल) नेतृत्वमा खडा भएको टिमलाई मैतीदेवीमा भव्य स्वागत गरिएको छ ।
मंगलबार मैतीदेवीमा डेमोक्र्याटिक लयर्स एशोसिएसन (डिएलए)का तर्फबाट पौडेलको नेतृत्वमा रहेको प्यानललाई मैतीदेवीमा चियापान कार्यक्रमसहित स्वागत गरिएको हो ।
डिएलएको आन्तरिक प्रतिस्पर्धाबाट निर्वाचित भएर बार कार्य समितिको निर्वाचनका लागि खडा भएको प्यानले नै काजिअ बारमा निर्वाचित हुने निश्चित छ । काजिओ बारको १७ सदस्य कार्यसमितिको लागि हुने निर्वाचनमा गीता श्रेष्ठ र उमादेवी प्रसाई निर्विरोध निर्वाचित भएका छन् ।
अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षसहित १५ सदस्यमा निर्वाचन हुने छ । डिएलएका तर्फबाट अध्यक्षमा पौडेल , उपाध्यक्षमा पुरुषोतम अधिकारी, सचिवमा उज्ज्वल राम श्रेष्ठ, सहसचिवमा अञ्जु रेग्मी अर्याल र कोषाध्यक्षमा सन्तोष भण्डारी उठेका छन् ।
त्यस्तै, खुला सदस्यमा भिष्म निरौला, मदन कुमार दाहाल, संकल्प क्षेत्री, सूर्यमणि राई, सुनिल थापा, सूर्यबहादुर दौल्याल, सुवास पाठक, हरिराम लामिछाने, चेतनाथ तिमल्सेना, जीवन न्यौपाने , प्रविण हुमगाई र दिपक कुमार साह प्रतिस्पर्धामा रहेका छन् । उनीहरुलाई मैतीदेवीका वकीलहरूले न्यानो स्वागत गरेका हुन् ।
उक्त टिमलाई डिएलए काठमाडौंका अध्यक्ष सुशील पौडेल, सुनिल पाण्डे, चन्द्र शाही, जयबहादुर भुजेल, नगेन्द्र कार्की, मेजर थापा, सिपी न्यौपाने, दिव्यराज घिमिरे, लक्ष्मण खनियाँ, शिव रेग्मी, कल्याण पोखरेल, गणेश शर्मा, भरत अर्याललगायतले मैतीदेवीमा न्यानो र भव्य स्वागत गरेका हुन् ।
मैतीदेवीका अग्रज वकील केदार कार्की र विजय मिश्र भने काम विशेषले उपस्थिति भएका थिएनन् । अधिवक्ता पाण्डेले महान्यायाधिवक्ता खम्ब बहादुर खाती, कार्की र मिश्रको शुभकामना सन्देश सुनाएका थिए । भौतिक रुपमा उपस्थित नभएपनि आगामी कार्यालयका लागि विजयी भई सफलापूर्वक काम गर्न उनीहरुले शुभकामना सन्देश पठाएका हुन् ।