काठमाडौं, २८ असार । यतिबेला चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जिआन्चाओ नेपाल भ्रमणमा छन् । उनले शिर्ष नेताहरुसँग भेटवार्ता गरिसकेका छन् ।
चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) को नेपालका कम्युनिस्ट पार्टीहरुसँग नजिकको सम्बन्ध छ । उनीहरु सीसीपीको नक्कल गर्न खोज्छन् । नेकपा एमालेले सीसीपीकै जस्तो मञ्च बनाएर गोदावरीमा विधान महाधिवेशन नै गरेको थियो । नेताहरु पनि कतिपय चिनियाँ नेताहरुको जस्तो नक्कल गर्न थालेका छन् ।
प्रचण्डको हेयरस्टाइल चिनियाँ दिवंगत नेता माओत्से तुङको जस्तो छ । अहिले झन् कपाल ठ्याक्कै त्यस्तै बनाएका छन् । झलनाथ खनालको कपाल पनि त्यस्तै छ ।
सीसीपीको नक्कल गर्ने देखि माओको कपालको शैली समेत नक्कल गर्नुलाई अर्थपूर्ण मानिएको छ ।