काठमाडौं, असार ३० । चन्द्रमामा मानव पाइला टेकाउने सुरुवाती अभियानलाई नेतृत्व दिएका नासाका तत्कालीन प्रमुख जेम्स ई। वेबको नाममा राखिएको ‘जेम्सवेब स्पेस टेलिस्कोप’ले खिचेका चार थान तस्बिरले ब्रह्माण्डबारे मानव सोचलाई फराकिलो बनाइदिएको छ ।
लाखौँ पिक्सेल जडित यो टेलिस्कोपले खुला आँखाले देख्न नसकिने इन्फ्रारेड किरणको झलक मात्र देखाएको छैनस आकाशगङ्गाका ताराहरूको जन्म र तिनको अन्त्यका रङ्गीन तस्बिर सार्वजनिक गरिदिएको छ । ब्रह्माण्डबारेका मानव कल्पनालाई यी तस्बिरले ठोस आकार दिएको छ । अनि खोलिदिएको छस ब्रह्माण्ड चियाउने नयाँ आँखीझ्याल ।
अन्तरिक्षको अनुसन्धानका लागि चर्चित नासाको वर्षौंको योजना र छ महिनायताको अथक मेहनतका परिणाम बनेका छन् यी तस्बिर । ‘अनफोल्ड दी युनिभर्स’ नाम दिइएको यो परियोजनाका लागि नासाले १२ खर्ब रुपियाँ (करिब १० अर्ब अमेरिकी डलर)भन्दा बढी खर्च गरिसकेको छ ।
त्यही खर्चबाट निस्किएका तस्बिर नासाले अमेरिकाका राष्ट्रपति जो बाइडेनमार्फत सारा विश्वमाझ नेपाली समयअनुसार मङ्गलबार साँझपख सार्वजनिक गरेको हो । सार्वजनिक भएका चारै तस्बिरका आआफ्नै विशेषता छन् । गोरखापत्र दैनिकबाट