Logo

लुम्बिनी जनरल इन्स्योरेन्सको १७औं वार्षिक साधारण सभा सम्पन्न



काठमाडौं, ३० असार । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको १७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बुधबार काठमाडौंमा कम्पनीको साधारण सभा सम्पन्न भएको हो ।

सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७ र ०७८ को वासलात, नाफा नोक्सान हिसाव, लेखापरीक्षकको नियुक्ति, सञ्चालक समितिले सिफारिस गरे बमोजिम शेयरधनीहरुलाई कर प्रयोजनको लागि ०.५ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

त्यस्तै, बिशेष प्रस्ताव अन्तर्गत कम्पनीको हालको अधिकृत पूंजी १ अर्ब २५ करोडबाट बृद्धि गरी रु. ३ अर्ब कायम गर्ने, चुक्ता पूंजीको ९.५ प्रतिशतले खुद हुन आउने बोनस शेयर बितरण गर्ने, मर्जर सम्बन्धी काम गर्ने सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव गरेको छ।

त्यसैगरी, संस्थापक शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व हुने ४ (चार) सञ्चालक पदमा विश्व राज रेग्मी, मनोहर दास मुल, अरुण राज श्रेष्ठ र उमेश रेग्मी (प्रतिनिधि–लुम्बिनी बिकास बैंक लि.) निर्बिरोध निर्वाचित भएको घोषणा निर्वाचन अधिकृतबाट गरिएको थियो।

 

 



प्रतिक्रिया दिनुहोस्