काठमाडौं, असार ३०। प्रतिनिधि सभाको उपसभामुखमा उम्मेदवारी दिन कांग्रेस नेतृ तथा सांसद पुष्पा भुसाल सिंहदरबार पुगेकी छन्। गठबन्धन दलहरुसँग बैठक बसेर केहीबेरमा उम्मेदवारी दिने उनको तयारी रहेको छ ।
प्रतिनिधिसभा सचिवालयले बुधबार जारी गरेको कार्यतालिकाअनुसार अहिले बिहान ११ देखि अपराह्न १ बजेसम्म उपसभामुखका उम्मेदवारको मनोनय गर्नुपर्नेछ। भोली हुने निर्वाचनका लागि आजैउम्मेदवारको नामावली प्रकाशन हुनेछ।
शुक्रबार अपराह्न ३ बजेको बैठकमा उपसभामुखको निर्वाचन हुनेछ। एमाले सांसद डा शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएपछि २९ महिनादेखि पद रिक्त छ। डा तुम्बाहाङ्फेले २०७६ माघ ६ गते राजीनामा दिएकी थिइन्। भुसाललाई यसअघि तुम्बाहाङ्फेसँग पराजित भएकी थिइन्।