काठमाडौं, ३० असार । अपरसोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले आईपीओ बाँडफाँट गरेको छ । आईपीओ निष्कासन तथा प्रबन्धक एनएमबी क्यापिटलले आज आईपीओ बाँडफाँट गरेको हो ।
कम्पनीले गत असार २० देखि २३ गतेसम्म सर्वसाधारणका लागि १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको १९ लाख ५७ हजार ५ सय कित्ता साधारण सेयर विक्रि खुल्ला गरेको थियो ।
उक्त आईपीओको लागि १४ लाख ४६ हजार ९८५ जनाले आवेदन दिएका थिए । तीमध्ये १७ सय ९१ जनाको आवेदन रद्द भएको छ भने १ लाख ८२ हजार ४७ आवेदकले गोलाप्रथाबाट १० कित्ताका दरले सेयर पाएका छन् ।
१० कित्ता भन्दा बढी आवेदन दिने ५ जनाले थप एक कित्ताका दरले सेयर पाएका छन् ।