काठमाडौं, ३१ असार । ट्यान्डर्ड चार्टड बैंकले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा १ साउनबाट लागू हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको हो ।
सार्वजनिक विवरण बैंकले बचत खातामा न्यूनतम ६.०३ प्रतिशतदेखि अधिकतम ६.१५ प्रतिशतसम्म ब्याज दिनेछ । बैंकको मुद्दति निक्षेपको ब्याज न्यूनतम ९.०३ प्रतिशतदेखि अधिकतम ११.०३ प्रतिशतसम्म तोकिएको छ ।
त्यस्तै, प्रकाशित भएको नयाँ ब्याजदर अनुसार बैंकको आधार दर ८.१८ प्रतिशत रहेको छ । न्युज कारखाना