Logo

सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी



काठमाडौं, ३१ असार । सत्तारुढ पाँच दलिय गठबन्धनको बैठक बालुवाटारमा जारी रहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको बैठकमा संक्रमणकालीन न्यायसम्बन्धि विधेयक बारे छलफल भइरहेको बुझिएको छ ।

गठबन्धनको बैठक सकिएलगत्तै आज मन्त्रिपरिषदको बैठक बस्नेछ । गठबन्धनमा सहमति जुटेसँगै उक्त विधेयक आजै पारित गर्ने तयारी गरिएको स्रोतले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्