काठमाडौं, ३१ असार । कामना सेवा विकास बैंक लिमिटेडले हरिहर मन्दिरलाई कुर्ची हस्तान्तरण गरेको छ ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय गोङ्गबु मार्फत टोखा नगरपालिका–६ धापासी स्थित उक्त मन्दिरलाई बैंकले गत असार ३० गते बिहीबार कुर्चीहरु हस्तान्तरण गरेको हो ।
उक्त कुर्चीहरुले मन्दिर दर्शन गर्न आउनुहुने भक्तजनहरुलाई बस्नको लागि सहज होस् भन्ने उद्देश्यका साथ प्रदान गरेको बैंकले जनाएको छ ।
बैंकको काठमाडौं क्षेत्रका क्षेत्रीय प्रमुख केदार नाथ शर्माले हरिहर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दामोदर ढकाललाई उक्त कुर्चीहरु हस्तान्तरण गरेका थिए । कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका अन्य सदस्यहरु, स्थानीयहरुको साथै बैंकका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
यससँगै बैंकले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्यहरुलाई निरन्तरता दिइने छ ।