काठमाडौं, ३१ असार । तीन दिने भ्रमणमा भारत पुगेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ईन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा. विजय चौथाईवालेले स्वागत गरेका छन् ।
उनीसँगै भारतीय उच्च अधिकारीहरू स्वागतको लागि पुगेको प्रचण्डको सचिवालयले जनाएको छ । विमानस्थलमा भारतका लागि नेपाली राजदूत डा. शंकर शर्मा पनि स्वागतको लागि विमानस्थल पुगेका थिए । दाहालले भारत बसाईको क्रममा भाजपाका अध्यक्ष जेपी नड्डा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।