काठमाडौं, साउन १ । महानगरवासीले आज आइतबारबाट कुहिने र नकुहिने फोहोर छुट्टयाउनुपर्ने भएको छ । कामपा वातावरण व्यवस्थापन विभागले सो व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्ने भएको छ । फोहोर नछुट्याए तत्काल ५ सय रुपियाँ जरिवाना गर्ने व्यवस्था गरेको छ ।
अनुसार फोहोर बोक्ने सवारीसाधनमा महानगर प्रहरीले अनुगन गर्नेछ । फोहोर नछुट्याएको जानकारी पाए तत्काल चिट काट्ने व्यवस्था मिलाइएको छ ।
फोहोर बोक्ने गाडी बिहान ६ देखि ८ बजेसम्म घरघरमा पुग्नेछ । तोकिएकै समयमा फोहोर विसर्जन गर्ने व्यवस्था छ । महानगरको नियम पालना गर्न अपिल गर्दै मेयर बालेन्द्र साह हिजो शनिबार वातावरण व्यवस्थापन विभागका टोलीसहित इन्द्रचोक, असनलगायत भित्री सहर पुगेका थिए ।