Logo

काठमाडौंमा आजबाट कोरोना भाइरसविरुद्धको बुस्टर मात्रा खोप लगाइने



काठमाडौं, साउन ३ । काठमाडौंमा १८ वर्षमाथिका नागरिकलाई आजबाट कोरोना भाइरसविरुद्धको बुस्टर मात्रा खोप लगाईदैछ। आजबाट ६ गतेसम्म बुस्टर खोप अभियान सञ्चालन हुनेछ ।

जिल्लाका सबै स्वास्थ्य संस्थाबाट कोरोनाविरुद्धको कोभिशिल्ड खोपको बुस्टर मात्रा दिन लागिएको जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ ।

बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म काठमाडौंका सबै स्वास्थ्य संस्थामा खोप कार्यक्रम सञ्चालन गरिने छ । दोस्रो मात्रा खोप लगाएको तीन महिना पुगेकाले बुस्टर खोप लगाउन मिल्छ ।



प्रतिक्रिया दिनुहोस्