काठमाडौं, ३ साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईबीचको भेटवार्ता सम्पन्न भएको छ । सिंहदरबारमा भएको भेटवार्तामा दाहालले गठबन्धनको विषयमा छलफल गरेका थिए ।
आगामी संघीय संसद्को निर्वाचनमा अहिलेदेखि नै गठबन्धन कायम गरेर जानुपर्ने विषयमा कुरा राख्दा भट्टराईले आफू यही गठबन्धनमा रहेको धारणा राखेका थिए । भेटवार्तापछि दाहालले भने,‘आजको सामान्य राजनीतिक भेटघाट हो, अरू त्यस्तो केही छैन । गठबन्धन बनाउने विषयमा छलफल चलिराखेको छ।’ उनले आफूसँगको छलफलमा भट्टराईले जसपाबाट अलग भएपनि आफू गठबन्धनमै रहेको र रहने प्रतिबद्धता जनाएको पनि स्पष्ट पारे ।