काठमाडौं, ३ साउन । उल्फ एयर मास्क नेपाली बजारमा बिक्री वितरण सुरु भएको छोटो समयमा नै बजारमा उत्कृस्ट प्रतिक्रिया प्राप्त गरेको छ । यसै क्रममा गत शुक्रबार नेपाल कै ठुलो मानिएको गुण सिनेमा अन्तर्गतको दरबार सिनेम्याक्सले आफ्नो सिनेमा हलहरुमा उल्फ एयर मास्क जडान गरेको हो ।
जसले सिनेमा हलका दर्शकहरुलाई कोरोना लगाएतका भाइरसहरुबाट सुरक्षा प्रदान हुने बताइएको छ। प्लानेट हेल्थ केयरका सहायक निर्देशक रोजन श्रेष्ठ र दरबार सिनेम्याक्सका कार्यकारी निर्देशक दिप्रश शाक्य बीच भएको सम्झौता अनुसार उल्फ एयर मास्क १००० स्क्वायर फिटका ५ वटा डिभाइस उक्त सिनेमा हलमा लगाइएको जनाइएको छ ।
उक्त प्रडक्ट दरबार सिनेम्याक्समा जडान गर्नु अगाडी ७२ एयर क्वालिटी इन्डेक्स पियम २.५ : २२ युजी प्रति मेट्रिक क्युब देखाइरहेको थियो भने जडान पश्चात १२ एयर क्वालिटी इन्डेक्स र पियम २.५ : ४ युजी प्रति मेट्रिक क्युब देखाएको थियो ।
जडान गरेको ४ देखि ५ घण्टा भित्र नै उक्त प्रडक्टले रिजल्ट देखाएको थियो । यो प्रडक्ट ७ देखि १० वर्षसम्म प्रयोग गर्न सकिनेछ भन्ने कुरा कम्पनीका सहायक निर्देशक रोजन श्रेष्ठले बताए ।उक्त प्रडक्ट को जडान पश्चात दरबार सिनेम्याक्सको रिजल्ट तल देखाइएको दृश्यमार्फत पनि थाहा पाउन सकिन्छ ।