काठमाडौं, ४ असार । नेकपा (एकीकृत समाजवादी)ले पार्टीले निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई आजदेखि दुई दिने प्रशिक्षण तथा अभिमुखीकरण तालिम दिने भएको छ ।
बिहान ११ बजेदेखि काठमाडौंको थापागाउँस्थित अर्पण व्याङक्वेट बानेश्वरमा प्रशिक्षण कार्यक्रमको उद्घाटन हुने नेकपा एसको केन्द्रीय कार्यालयले जनाएको छ।
अध्यक्ष माधवकुमार नेपाललगायत नेताले उक्त प्रशिक्षण दिनेछन । सो प्रशिक्षणमा पार्टीको तर्फबाट निर्वाचित, पालिका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, उपाध्यक्ष, जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुखहरु सहभागी हुनेछन्। न्युज कारखाना