Logo

एक साता फोहोरका गाडी नचलाउन काठमाडौं महानगरलाई आग्रह



काठमाडौं, ४ साउन । बन्चरेडाँडा स्यानिटरी ल्याण्डफिल साइट आयोजनाले एक साता फोहोरका गाडी सञ्चालन नगरिदिन काठमाडौं महानगरपालिकालाई आग्रह गरेको छ ।

सहरी विकास तथा भवन निर्माण विभागको बन्चरेडाँडा आयोजनाले सडक मर्मत सम्भार गरी स्तरोन्नती गर्ने काम प्रभावित भएको भन्दै एक सातासम्म ढुवानीका साधन सञ्चालन नगर्न आग्रह गरेको हो ।

फोहोरका गाडी आवतजावत गरिरहने हुँदा सडक निर्माण हुन नसकेको आयोजनाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्