महोत्तरी, ४ साउन । धनुषाको मिथिला नगरपालिकाका जनप्रतिनिधि करारका कर्मचारी हटाउने निर्णयविरुद्ध उभिएका छन् ।
मेयर र प्रमुख प्रशासकीय अधिकृतको मिलोमतोमा नगरका विभिन्न सेवामा कार्यरत ९ जना कर्मचारीलाई मौखिक आदेशमा बर्खास्त गरिएको भन्दै जनप्रतिनिधिले असहमति जनाएका हुन् ।
उपप्रमुख, सात जना वडाध्यक्ष र ८ जना कार्यपालिका सदस्यले सयुक्त प्रेस विज्ञप्ति निकालेका छन् । ती कर्मचारीलाई कार्यपालिकाको बैठक बस्ने अवधिसम्मका सेवामा हाजिर गराउन अनुरोध गरिएको छ । न्युज कारखाना