Logo

साघुँरो सडकमा ओभरटेक गर्न खोज्दा…



काठमाडौं, ६ साउन । विराटनगरमा भारतीय कन्टेनरको ठक्करबाट २ जनाको घटनास्थलमै मृत्यु भएको छ । कन्टेनरको ठक्करबाट बुढीगंगा–२ चोकमा मोटरसाइकलमा सवार मोरङका हर्क परियार र भीमबहादुर राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

साघुँरो बाटोमा मोटरसाइकलले ओभरटेक गर्न खोज्दा कन्टेनरले पछाडीबाट मोटरसाइकललाई ठक्कर दिएको प्रहरीको भनाई छ । कन्टेनर र चालकलाई अहिले प्रहरीले नियन्त्रणमा लिएको छ ।

एचआर ३८ एक्स २२१० नम्बरको खाली कन्टेनरले सोही दिर्शा तर्फ जाँदै गरेको को ३० प ९१०३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।



प्रतिक्रिया दिनुहोस्