काठमाडौं, साउन ७ । नेकपाको संस्थापक महासचिव पुष्पलालको ४४ औं स्मृति दिवस आज मनाइदै छ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले डल्लुस्थित पुष्पलालको शालिकमा माल्यार्पण गरेका छन् ।
कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको श्रद्धाञ्जली कार्यक्रममा बोल्दै ओलीले भने, डडेल्धुराका भिमदत्त पन्तको टाउको कांग्रेसले कटाएको बताएका छन् ।
तत्कालिन मात्रिकाप्रसाद कोइराला प्रधानमन्त्री छँदा २०१० सालमा कांग्रेसले भिमदत्तको टाउको काटेकाले कांग्रेसले भिमदत्तलाई सहिद नमानेको ओलीले बताए । भिमदत्त र चिनिया काजीको नाम लिँदा कांग्रेसलाई सिरिंग हुने ओलीको टिप्पणी छ ।
ओलीसँगै माल्यार्पण गर्न नेताहरु ईश्वर पोख्रेल, बिष्णु पौडेल, कृष्णगोपाल श्रेष्ठ, भानुभक्त ढकाल, बिष्णु रिमाल, उपमेयर सुनिता डंगोल लगायत अन्य जनप्रतिनिधिहरु डल्लु पुगेका थिए ।
फोटोः मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल