Logo

नागरिता विधेयकले देशको अस्तित्वमाथि प्रश्नचिन्ह खडा हुन्छ : ज्ञानेन्द्र शाही



काठमाडौं, ८ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता एवं सुशासन विभाग प्रमुख ज्ञानेन्द्र शाहीले सरकारले ल्याएको नागरिकता विधेयकमाथि पुर्ण असहमति जनाएका छन्।

पार्टीको केन्द्रीय समितिको बैठकपछि पत्रकारसँग कुरा गर्दै शाहीले विवाह गरेर नेपाल आउनेबित्तिकै विदेशी महिलाले नागरिकता पाउने व्यवस्था गलत रहेको वताएका हुन्।

उनले भने,’हरेक नेपाली नागरिकले सहज र सरल किसिमले नागरिकता प्राप्त गर्न पाउनुपर्छ। विदेशी महिलाले नेपालमा विवाहपछि तुरुन्तै नागरिकता प्राप्त गर्ने व्यवस्था राष्ट्रियता माथि र देशको अस्तित्व माथि प्रश्न चिन्ह खडा हुन्छ। यसले राष्ट्रमा ठुलो असर गर्छ ।’ नागरिकतासम्बन्धी यस्तो प्रावधानले राष्ट्रमा दिर्घकालिन असर पार्ने उनको भनाइ छ।

सरकारले शुक्रबार प्रतिनिधिसभाको बैठकबाट नागरिकतासम्बन्धी विधेयक पारित गरेपछि यो विषय आलोचित बनेको छ।



प्रतिक्रिया दिनुहोस्