काठमाडौं, ८ साउन । नेपाली कांग्रेस निकट पत्रकारहरुको संस्था नेपाल प्रेस युनियनको हिजो भएको निर्वाचनको आजदेखि मतगणना सुरु भएको छ।
६०२ मत गन्दा संस्थापन इतरका शिव लम्सालले ३ सय १६ मत ल्याएर अग्रता लिइरहेका छन् । भने, संस्थापन पक्षकी उम्मेदवार अनिता विन्दुले २ सय ७१ मत प्राप्त गरेकी छिन् । उनीहरु बीचको अन्तर ४५ रहेको छ ।
त्यस्तै, उपाध्यक्षमा खुल्ला तर्फबाट नकुल अर्यालले अग्रता बढाएका छन् । उनले पछिल्लो मत परिणाम अनुसार ३ सय ४२ मत ल्याएका छन् । भीष्मराज ओझाले अर्याललाई पछ्याउँदै २८० मत पाएका छन् ।