Logo

नागरिकता विद्येयकको विरुद्धमा स्वतन्त्र नागरिक समाजको पुत्लादहन (फोटोफिचर)



काठमाडौं, ८ साउन । स्वतन्त्र नागरिक समाजले नागरिकता विद्येयकको विरोध गर्दै आज प्रदर्शन गरेको छ। सिर्जना वाग्ले र सन्तोष राजवादीको नेतृत्वमा लाजिम्पाटस्थित् भारतीय दूतावास आसपासको मुख्य सडकमा उनीहरुले पुत्लादहन गरेका थिए ।

संसद्बाट पारित भएको उक्त विद्येयक देशको हितमा नभएको भन्दै प्रदर्शनकारीहरुले आज राँको जुलुश र पुत्लादहन गरेका हुन् । सो क्रममा उनीहरुले भारतको विरोधमा नाराबाजीसमेत गरेका थिए । पुत्लादहनमा नागरिक समाजका एक दर्जन व्यक्तिहरु सहभागी थिए । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्