काठमाडौं, ९ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीले जनसम्पर्क विभाग प्रमुखमा भीमबहादुर शाहीलाई मनोनित गरेको छ ।
केन्द्रीय सदस्य समेत रहेका शाहीलाई अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीको जनसम्पर्क विभाग प्रमुखमा मनोनयन गरेका हुन् । पार्टीको सिद्धान्त र नीतिप्रति प्रतिबद्ध भई पार्टीको बृहत्तर हितमा कार्य गर्नु हुनेछ भन्ने मनोनित पत्रमा उल्लेख गरिएको छ ।
शाहीलाई जनसम्पर्क विभाग प्रमुखमा मनोनित भएकोमा पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका छन् ।