काठमाडौं, ९ साउन । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले आजदेखि आईपीओ बिक्रि खुल्ला गरेको छ । कम्पनीले सर्वसाधारणको लागि ११ करोड ७६ लाख ७ हजार ३ सय रुपैयाँ बराबरको आईपीओ जारी गरेको हो ।
उक्त आईपीओ मध्ये ५८ हजार ८०३ कित्ता सामुहिक लगानी कोष, २३ हजार ५२१ कित्ता कर्मचारीको लागि कम्पनीले छुट्टाएको छ । १० लाख ९३ हजार ७४९ कित्ताका लागि सर्वसाधारणले साउन १२ गतेभित्र आवदेन दिन सक्नेछन् ।
शेयर निष्कासन तथा विक्रि प्रबन्धकमा बीओके क्यापीटल लिमिटेड रहेको छ।