काठमाडौं, ९ साउन । भौतिक पुर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले प्रयोग गर्दै आएको गाडी कारवाहीमा परेको छ ।
पार्किङ निषेध क्षेत्रमा गाडी रोकेपछि ट्राफिक प्रहरीले जरिवाना तिराएको हो ।
ट्राफिक नियम उल्लंघन गरेको भन्दै ललितपुरको जाउलाखेलमा पार्किङ गरेको बा २२ च २५८३ नम्बरको गाडीलाई प्रहरीले कारवाही गरेको हो ।