काठमाडौँ, साउन ११ । टोस्टमास्टर्स इन्टरनेसनल डिस्ट्रिक्ट ४१ ले नेपालमा पहिलो पटक डिस्ट्रिक्ट अफिसर तालिम कार्यक्रम आयोजना गरेको छ ।
गत साउन ६,७ र ८ गते आयोजना गरिएको तीन दिने कार्यक्रममा भारत र नेपालका ९० जनाभन्दा बढी डिस्ट्रिक्ट अफिसरहरु सहभागी भएका थिए ।
कार्यक्रममा डिस्ट्रिक ४१ का अनुभवी तथा उत्कृष्ट नेतृत्व पंक्तिहरुले प्रेरणादायी वक्तव्य दिँदै तालिम सञ्चालन गरेका थिए । अमेरिकामा सन् १९२४ देखि शुरु भएको टोस्टमास्टर्स इन्टरनेसनल हाल विश्वका १४९ राष्ट्रहरूमा फैलिएको छ । नेपालमा यो संस्था सर्वप्रथम सन् १९९१ मा शुरु भएको हो ।
कार्यक्रममा बोल्दै डिस्ट्रिक्ट डाइरेक्टर डिटिएम अङ्कुर यादवले भने, “एक कुशल नेताले सङ्गठनप्रति प्रतिबद्धता, समाजप्रति कृतज्ञता र आफूप्रति सचेत रहन सक्नु पर्छ । हरेक वर्ष हामीले नयाँँ प्रेरणाको साथ काम गर्नु पर्छ र यस वर्ष केही नयाँँ सिक्दै, आफुमा सकरात्मक परिवर्तन ल्याउँदै र आफुलाई सुधार्दै अघि बढ्नु पर्छ ।’’
सोही उत्प्रेरणालाई निरन्तरता दिँदै पूर्व डिस्ट्रिक डाइरेक्टर डि टि एम रन्जित आचार्यले नेतृत्ववर्गलाई सम्बोधन गर्दै भने,“नेता हुनु भनेको सबै भन्दा उत्कृष्ट हुनु होइन कि हिजोको आफु भन्दा आजको आफु सुधारिनु हो । र, तपाईंको प्रतिस्पर्धा अरु कोही नभएर तपाईंको विगत हो । यसमा सफल हुनको लागि तपाईंमा जिम्मेवार बोध हुनु प¥यो, चनाखो हुनुप¥यो, सँधै केही न केही गरी रहनु प¥यो र आफुले जे गरेको छ त्यसमा रमाउन सक्नु प¥यो ।’’
तालिम समारोहमा नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकार तथा बलिउडमा पनि आफ्नो प्रभुत्व जमाउन सफल प्रतिष्ठित कलाकार सुनिल थापाले प्रमुख अतिथिका रूपमा तालिमकर्तालाई सम्बोधन गरेका थिए । टोस्टमास्टर्स समुदायले समयप्रति देखाएको प्रतिबद्धता, व्यवस्थापन र व्यावसायिकताको प्रशंसा गर्दै उनले यो सिप व्यक्तिगत र व्यवसायिक जीवनमा पनि लागु गर्न सके धेरै प्रगती गर्न सकिने बताए ।
डिस्ट्रिक्ट ४१ का प्रोग्राम क्वालिटी डिरेक्टर तथा कार्यक्रमका अध्यक्ष डि टि एम सुमन शाक्यले कोभिडपछिको नौलो समयलाई इङ्गित गर्दै आफ्नो स्वागत मन्तव्यमा भने,‘हामी टोस्टमास्टर्सहरुले एक कुशल नेतृत्वको रुपमा नयाँ नयाँ चुनौतीहरुलाई सामना गर्न सिक्नु पर्छ र यसको मन्त्र भनेको राइज रि बिल्ड र रि भाइभ हो ।’
साथै, डिस्ट्रिक्ट ४१ का डि टि एम क्लब ग्रोथ डिरेक्टर मून प्रधान र उनको समूहले तालिम कार्यक्रमको नेतृत्व गरेका थिए । तालिममा टोस्टमास्टर्सको बजार प्रबद्र्धन गर्न, नयाँ क्लबहरू खोल्न तथा बिषयलाई पनि प्राथमिकता दिइएको थियो ।
तालिम कार्यक्रम अन्तर कृयात्मक हुनुको साथै डिस्ट्रिक्ट ४१ का नव निर्वाचित डिस्ट्रिक्ट अफिसरहरुको लागि अत्यन्तै जानकारी मुलक रहेको सहभागिहरुले बताए । । भारतबाट आएका ६२ जना सहभागीले पनि नेपालीहरूको आतिथ्यको खुलेरै प्रशंसा गरेका थिए ।