Logo

रासस सरकार र जनताको आँखा : अध्यक्ष पोखरेल



काठमाडौँ,११ साउन । नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले राष्ट्रिय समाचार समिति (रासस) सरकार र जनताको आँखा भएकाले सोहीअनुसारको भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्।

रासससँग सङ्क्षिप्त कुराकानी गर्दै उनले सरकारले नागरिकको चाहना र आवश्यकता बुझ्ने र सरकारबाट अवलम्बन गरिएका कार्यक्रम तथा नीति जनतामाझ पस्किएर सचेत गराउने सन्दर्भमा राससले सरकारको आँखाका रुपमा काम गर्नुपर्छ भने ।

अध्यक्ष पोखरेलले भने, “यो सरकारको आँखाका रुपमा रह्यो भने सरकारले आफ्ना जनताले के चाहेका छन् भन्ने कुरा बुझ्न सक्छ, त्यसैले समाजको आवश्यकता र नागरिकको चाहना बुझ्ने माध्यामका रुपमा संस्थालाई बुझ्नुपर्छ ।”

उनले राससलाई नागरिकका सबै प्रकारका आवाजलाई सरकारले सुन्नसक्ने गरी काम गर्नुपर्ने सुझाव पनि दिए । राज्यबाट सञ्चालित भएपछि संस्था भए पनि समाजका विभिन्न गतिविधिलाई समाचारका माध्यामबाट सञ्चार संस्थासम्म पु¥याउनका लागि महत्वपूर्ण भूमिका खेल्ने संस्था रासस भएको उल्लेख गर्दै उनले नागरिकका अभिव्यक्ति सरकारसम्म पु¥याउने र सरकारका कार्यक्रम, अवलम्बन गरेका नीतिका बारेमा जनतालाई सचेत गराउने कुरालाई राससले सन्तुलित ढङ्ले पस्किनुपर्नेमा जोड दिए ।

अत्याधुनिक भवन निर्माण गरेर कार्य प्रारम्भ गरेकामा खुसी व्यक्त गर्दै अध्यक्ष पोखरेलले उक्त भवनको उपयोग गर्र्दै श्रमजीवी पत्रकार र कर्मचारीलाई काम गर्ने वातावरण बनाउन जरुरी रहेको औँल्याए । उनले श्रमजीवी तथा सबै कर्मचारीले सही ढङ्गले काम गर्ने अवसर प्रदान गरी संस्थाले कामको सम्मान गरिरहेको छ भन्ने अनुभूति दिलाउन जरुरी रहेको प्रतिक्रिया दिए ।

विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले रासस भन्नासाथ आधिकारिक समाचारका लागि हो भन्ने विश्वास गरिने भएकाले यसको निष्पक्षता तटस्थतामा माथि कसैको प्रश्न नरहेको बताए । उनले अब बदलिँदो परिवेश र परिस्थिति तथा प्रविधिको परिवर्तनसँगै राससले आफैँलाई पनि परिवर्तन गर्नुपर्ने बताए । उनले तटस्थता र निष्पक्षता कायम गर्ने विषयमा अझै क्रियाशील हुनु पनि सुझाव दिए । प्राध्यापक मोहनविक्रम थापाले रासस स्वतन्त्र र निष्पक्षतामा अझै गम्भीर हुन जरुरी रहेको बताए । उनले सत्यतथ्यमा आधारित भएर कुनाकाप्चाका समाचार सम्प्रेषणकोसमेत शुभकामना दिएका छन् ।

सरकारको आधिकारिक समाचार समितिका रुपमा सुरुमा नेपाल संवाद समितिका रुपमा स्थापना भएको यो संस्थाको २०२८ सालमा ऐन संशोधन भयो र राष्ट्रिय समाचार समितिमा रुपान्तरण भएको हो । रासस स्थापना भएको ६१ वर्ष पुगेको छ ।

‘सूचना र सञ्चार, जनताको अधिकार’ भन्ने मूलमन्त्रअनुसार राज्यले दिने सेवा र सरकारको कामका विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा सूचना सप्रेषण र प्रचारप्रचार गर्दै आएको छ ।

हाल राससले आफ्नो सेवालाई प्रभावकारीरुपमा सञ्चालन गर्न केन्द्रीय कार्यालयसँगै सता प्रदेश कार्यालय र ११ वटा ठूला सहरमा कार्यालय सञ्चालन गरी सेवा प्रवाह गरिरहेको छ ।

राससको केन्द्रीय कार्यालय भवन २०७२ सालको भूकम्पले क्षति गरेपछि दैनिक कार्य सञ्चालन गर्नसमेत कठिनाइ भएकामा । सहरी विकास मन्त्रालयअन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन तथा आवास) को सहयोगमा राससको नयाँ भवन पुनःनिर्माण भएको हो । विसं २०७४ साउन २६ गते सम्झौता भई यहाँ दुई भवन निर्माण सम्पन्न भएका हुन् । यी चार÷चार तला रहेको दुई भवनमा ५६ वटा कोठा रहेको छ ।

दुवै भवनमा मल्टी प्रपोज हल, दुई वटा लिफ्ट, एयर कन्डिसन र फायरफाइटिङ सिस्टमलगायत अन्य सुविधा रहेको छ । यी दुवै भवनको निर्माण गर्न रु १६ करोड ८६ लाख ५२ हजार १२२ रुपैयाँ खर्च भएको छ । रासस



प्रतिक्रिया दिनुहोस्