Logo

भक्तपुरका निर्माण व्यवसायी केशव त्वानावासुले धम्काएर खाली चेकमा हस्ताक्षर गर्न लगाई आफैले ५ करोड १४ लाख रुपैयाँ भरेर बाउन्स गरी सम्पत्ति हडपेको भन्दै न्यायको लागि बौद्व धर्मगुरु भीमसुवा गुरुङ मिडियामा (भिडियोसहित)



काठमाडौं, १२ साउन । भक्तपुरका निर्माण व्यवसायी केशव त्वानावासुले धम्काएर खाली चेकमा हस्ताक्षर गर्न लगाई आफैले ५ करोड १४ लाख ६० हजार रुपैयाँ भरेर बाउन्स गरी सम्पती हडप्न खोजेको भन्दै बौद्व धर्म गुरु भीमसुवा गुरुङ न्यायको लागि मिडियामा आएकी छिन् ।

आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै गुरुङले गत जेठ २ गते त्वानावासु र उनीसँग आएका जीवन बुढाथोकी लगायत ९ जनाले आफुलाई विप्लव समुहका हौ भन्दै हतियार खल्तीमा छ भनेर धम्काएर ६ घण्टा बन्धक बनाएर अफिसबाट हिमालयन बैंकमा रहेको उक्त रकम भुक्तानी हुने ३ वटा चेक लगेको सुनाइन् ।

उनीहरुले आफ्नो छोरा मार्ने र आफुलाई अपाङ्ग बनाउने धम्की दिएर चेक जबरजस्ती लगेको रुदै बताइन् ।

रिम्पोछे ट्रष्टकी अध्यक्ष समेत रहेकी गुरुङले उनीहरुले आफुलाई नियन्त्रणमा लिई छाडे लगत्तै महानगरीय प्रहरी वृत्त स्वयम्भुमा जानकारी गराएपनि आफ्नो कुरा सुनुवाई नगरेको भन्दै दुखेसो पोखिन् ।

त्यसलगत्तै उनले जिल्ला प्रहरी परिसर टेकुमा आफुलाई अन्याय परेकोबारे जाहेरी दिन जाँदा दर्ता नगरेको पनि सुनाइन् । गुरुङले सभामुख, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रपतिको कार्यालय, प्रहरी प्रधान कार्यालय, राष्ट्रिय मानव अधिकार आयोग, संघिय संसद समेत १२ वटा कार्यालयमा प्रमाणको रुपमा सिसिटिभी फुटेजसहित निवेदन पेश गरेपनि आजसम्म कुनै जानकारी नआएको उनले स्पष्ट पारिन् ।

धुकुछु कन्स्ट्रक्सन कम्पनीका संचालक केशव त्वानाबास र अस्का कन्स्ट्रक्सनका सञ्चालक बिनोद कुमार तामाङबीच जापानको निको शहरमा स्वयम्भु स्तुपा निर्माण गर्न एनपीओ आस्पा जापानसँग र अस्का कन्स्ट्रक्सनले सम्झौता भएको थियो । उक्त सम्झौता अनुुसार धुकुछु कन्स्ट्रक्सन कम्पनीका संचालकले गुरु रिम्पोछे ट्रष्टको खातामा ३ करोड रुपैयाँ जम्मा गरेको र उक्त रकम विनोद कुमार तामाङले बुझेपनि कोभिडको कारण काम अगाडी बढाउन सकेनन् ।

पछि ती दुई बीच भएको सम्झौता बमोजिम काम नभएपछि ३ करोड रुपैयाँ बुझेका विनोद कुमारले रकम फिर्ता गर्न नसकेपछि केशवले आफुमाथि अपराधिक कार्य गरेको उनको दाबी छ ।

गुरुङले आफु अन्यायमा परेको बताइन् । उनले भनिन्,‘केशवले निकै टर्चर दियो, टर्चर पनि यतिसम्म दियो कि मर्नु कि बाच्नुसम्म टर्चर दियो । सात–सात घण्टा नियन्त्रणमा लिएर उहाँहरुले मेरो चेक जबरजस्ती लगेको छ । त्यसमा पनि मेरो खाता क्लोज गरेर फेरी त्यही चेकलाई हनुमान ढोकामा बाउन्स गर्न पुगेको रहेछ । मलाई धेरै अन्याय भएको कारण आज पत्रकार सम्मेलन गर्न परेको हो ।’

उनले सम्बन्धित निकायसँग आफुलाई न्याय दिन माग गरिन् । उनले आफु न्यायको खोजिमा जता पुगेपनि न्याय पाउन नसकेको गुनासो सुनाइन् । उनले भनिन्,‘यो देशमा न्याय नै रहेनछ, राम्रो मान्छेलाई केही कामै नहुने रहेछ, नराम्रोको मात्रै काम हुने रहेछ ।’

गुरुङले केशवसँग अफिसकै कामको सिलसिलामा चिनजान भएको बताइ्न् । आफ्नो तामाङ दाजुभाईले स्वयम्भुको लागि जम्मा गरेको उक्त रकम फिर्ता हुनुपर्ने उनको भनाई थियो ।

 

     प्रेस विज्ञप्ती

न्याय प्रेमी पत्रकार
मित्रहरु !

म भीम सुवा गुरुङ्ग लामो समय अगाडिदेखि पर्वत जिल्लाबाट काठमाण्डौ आई वौद्ध दर्शनले ओतप्रोत भई शान्तिको अहोरात्र आराधन गरी जीनवलाई मानव सेवाको लागि समर्पित गरी आएको छु । शान्ति, अहिंसा, मानव सेवाकोलागि मैले मेरो जीवनको दशकौं बिताई आएको छु ।
मानव सेवा र शान्तिको बाटोमा निरन्तर अओरात्र खटिने क्रममा मैले जीनवमा कसैको कुभलो अहित कहिल्यै चिताइन र वौद्ध दर्शन, गुरुको आशिर्वचन मेरो आत्माले समेत कसैको अहित गर्ने, आफ्नो तुच्छ फाईदाको लागि कसैको दिल दुःखाउने प्रयास मैले कहिल्यै गरिन । मेरो माटो, मेरो आस्था, वुद्धको ज्ञानले पनि सत्कर्म वाहेक अर्को कर्म मलाई नआओस भनेर मैले आफ्नो जीवनलाई सोही रुपमा ढाली आएको आएँ ।

म एउटा शान्तिको लागि मानव सेवाको लागि आफ्नो जीवनको सारा समय व्यतित गरेको भिक्षुणीलाई मिति २०७९।२।२२ गते ९ बजे देखि ३ बजेसम्म भक्तपुर जिल्ला भक्तपुर न.पा.वडा नं.८ घर भई का.जि.का.म.न.पा.वडा नं.१० बस्ने धुकुछु कन्स्ट्रक्सन प्रा.लि.का संचालक केदार प्रसाद त्वानावासुको छोरा वर्ष ४८ को केशव त्वानाबासु तथा निजले भाडामा ल्याएका जीवन बुढाथोकी समेतको अपराधिक मनस्थितिका व्यक्तिहरुले मलाई ६ घण्टा नियन्त्रणमा लिएर निजहरुसँग हतियार रहेको इशारा गरी मेरो ज्यान मार्ने धम्की दिई मलाई वन्धक बनाई केशव त्वानाबासुले ल्याएको अपराधिक व्यक्तिहरुले मेरो अफिसमा रहेको हिमालयन बैंक लि.न्युरोड शाखामा मेरो खाता रहेको नं.००३०६४६३१५००१४ को चेक नं. ००३३५७६१०८०७०१, ००३३५७६१०९“०७०१” र ००३३५७६११“०७०१” को चेकमा व्यहोरा भरी सही गर्न लगाई चेक लगेको उक्त कुरा मेरो अफिसमा रहेको सिसिटिभी फुटेजबाट पनि देखिएको उक्त चेकहरु मध्ये चेक नं.००३३५७६१०८०७०१ को चेक केशव त्वानाबासेको नाउमा रु.१,००,००,०००।– (एक करोड) मिति २०७९।०२।२२ गते भुक्तान हुने व्यहोरा लेखिएको, चेक नं.००३३५७६१०९“०७०१”नं.को चेकमा धुकुछु कन्स्ट्रक्सन प्रा.लि.को नाउँमा रु.३,८०,४०,०००।– मिति २०७९।२।२२ गते भुक्तानी हुने गरी व्यहोरा लेखिएको चेक नं.००३३५७६११“०७०१” को चेकमा केशव त्वनाबासुको नाउमा रु.३४,२०,०००।– भुक्तानी व्यहोरा लेखी सही गराएका थिएँ ।

मलाई यसरी ६ घण्टासम्म नियन्त्रणमा लिई मेरो ३ वटा चेकमा रु.५,१४,६०,०००।– (पाँच करोड चौध लाख साठी हजार रुपैयाँ) भुक्तानी हुने चेक केशव त्वानाबासु समेतले लगी मलाई छोडेपश्चात मैले उक्त कुरा महानगरिय प्रहरी वृत्त स्वयम्भुमा सो दिनमा नै जानकारी गर्दा मेरो कुरा सुनुवाई नगरेको, जिल्ला प्रहरी परिसर टेकु काठमाण्डौमा आफुलाई परेको अन्याय बारेमा जाहेरी साथ जादा जाहेरी दर्ता नगरेपश्चात मैले सम्माननीय सभामुख, प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय, प्रहरी प्रधान कार्यालय, राष्ट्रिय मानव अधिकार आयोग, संघिय संसद समेत १२ वटा कार्यालयमा सिसिटिभी भुटेज समेत राखी निवेदन पेश गरेको थिए । उक्त कार्यालयहरुमा मैले पेश गरेको निवेदन सम्वन्धमा छानविन भए नभएको मलाई जानकारी दिएको छैन ।

धुकुछु कन्स्ट्रक्सन कम्पनी प्रा.लि.का संचालक केशव त्वानाबासु र Asca Construction Pvt.Ltd का संचलक विनोद कुमार तामाङ बीच जापानको निपोको शहरमा स्वयम्भु स्तुपा निमाण गर्न NPO ASPA JAPAN सँग  Asca Construction Pvt.Ltd ले सम्झौता गरेको र सो सम्झौतामा उल्लेखित रकम धुकुछु कन्स्ट्रक्सन प्रा.लि.का संचालकले गुरु रिम्पोछे ट्रस्टको खातामा रु.३,००,००,०००।– जम्मा गरेको, उक्त रकम विनोद कुमार तामाङ्गले बुझेपश्चात कोभिड–१९ को कारण काम हुन नसकी अस्का कन्स्ट्रक्सन प्रा.लि.का संचालक विनोद कुमार तामाङबाट सन् २०२१।९।२५ मा भुक्तान हुने गरी रु. १,२०,००,०००।– र रु.१,८०,००,०००।– गरी २ करोडको चेक बुझेको कुरा मिति २०७८।५।३० को केशव त्वानाबासु र विनोद कुमार तामाङ्ग बीच भएको कागजबाट देखिन्छ ।

विनोद कुमार तामाङ्गले गुरु रिम्पोछे ट्रस्टमा सेक्युरिटीको लागि रहेको रकम केशव त्वानाबासुको रोहवरमा लगेपश्चात केशव त्वानबासुको नाउमा विनोद कुमार तामाङको मेघा बैंक लि.मा रहेको खाता नं.०१०००१०२१२७५४ को चेक नं.२०२५०२२९९३ बाट रु.१,००,००,०००।– (एक करोड) चेक नं.२०२५०२२९९४ बाट रु.१,००,००,०००।– (एक करोड चेक नं.२०२५०२२९९५ बाट रु.१,००,००,०००। (एक करोड), चेक नं.२०२५०२२९८८ बाट रु.५०,००,०००।– (पचास लाख), चेक नं.२०२५०२२९८९ बाट रु.५०,००,०००।– (पचास लाख) को चेक बुझेकोले गुरु रिम्पोछे ट्रस्टको नाममा जम्मा भएको रकम विनोद कुमार तामाङले लगेको, सो रकम वापत सेक्युरिटीको लागि विनोद कुमार तामाङको रु.४,००,००,०००।–(चार करोड) बढीको चेक लिएको बाट स्पष्ट हुन्छ । पछि ती दुई बीचको सम्झौता बमोजिम कोभिड–१९ को कारण जापानमा काम हुन नसकी विनोद कुमार तामाङ्गले रकम फिर्ता गर्न नसकेको कारण केशव त्वानाबासुले विनोद कुमार तामाङ्गको चेक वाउन्स गराई वैकिङ्ग कसुरमा उजुरी दिएको र उच्च अदालत पाटनबाट मिति २०७८।८।२९ मा रु.१,००,००,०००।– (एक करोड) धरौट माग भई उक्त वैकिङ्ग कसुर मुद्दा ७८–ऋद्य–०७८१ हाल उच्च अदालतमा विचाराधिन अवस्थामा रहेको छ ।

मिति २०७९।२।२२ गते विहान ९ः०० बजे केशव त्वानाबासु समेत तत्काल चिनेको अन्य नचिनेका ८ जना मेरो अफिसमा प्रवेश गरी ६ घण्टा लगातार मेरो अफिसमा रहनु, मलाई नियन्त्रणमा लिनु, केशव त्वानाबासु र धुकुछु कन्स्ट्रक्सन प्रा.लि.ले मेरो कुनै काम गरेको नहुनु, मलाई रकम दिएको नहुनु, मबाट सोही मितिमा ३ वटा अलग चेक आफै व्यहोरा भरी सही गराउनु, खल्तीमा हतियार रहेको इशारा गर्नुले मलाई नियन्त्रणमा लिई वन्धक बनाई चेक लगेको विषयमा निजहरुबाट मुलुकी अपराध संहिता २०७४ को दफा २११,२१२ को अपहरण र वन्धक बनाएको कसुर गरेको, दफा २८४ अपराधिक प्रवेश गरेको कसुर भएकोमा सोतर्फ उजुरी दिदा सुरक्षा निकाय मौन बस्नु, केशव त्वानाबासु, ठेकेदार रहनु, उच्च अदालत भवन मैले बनाएको हो, प्रहरी प्रशासन र अदालतमा मेरो मानिस छ, तैले केही गर्न सक्दैनस्, तलाई थुनामा राख्छु भनि धम्की दिई रहनु तथा जवरजस्ती चेक लगेको सिसि टिभीबाट देखिदा पनि म शान्तिकामी भिक्षुणी मौन बस्नु पर्ने अवस्था रहनुले नेपालमा सुरक्षा व्यवस्था कमजोर रहेको, गुण्डा राज बढेको, अशान्ति फैलिएको मैले महसुस गरेको छु ।

अतः म जस्तो शान्तिकामी भिक्षुणीको अफिसमा दिनदाहडै प्रवेश गरी ७ घण्टा नियन्त्रणमा लिई मलाई हतियार देखाई चेक लगि चेकमा समेत कारोवार नै नभएको रु.५,१४,६०,०००।– भर्न सक्ने अपराधिक गिरोहले चेकको दुरुपयोग कतिसम्म गर्दा रहेछन्, शान्ति सुरक्षाको अवस्था कतिसम्म गिरी रहेको रहेछ, सो समेत देखाएको, मैले उक्त विषयमा सम्माननीय सभामुख–१, संघिय संसद सचिवालय–१, गृह मन्त्रालय समेतमा २०७७।३।१२ मा निवेदन दिदा पनि सो विषयमा सुनुवाई नहुनुले अपराधिहरुको सेटिङ्ग नीति निर्माण, गृह मन्त्रालय समेतसम्म पुगेको र त्यो राष्ट्र जनता र हामी सबैको चिन्ताको विषय रहेकोले यो विषयमा पत्राकार मित्रहरुबाट आवाज उठाई दिनु हुन म विनम्र अनुरोध गर्दछु ।

तपाईहरुको लेखन र आवाजले मैले न्याय पाउने र अपराधीहरुलाई सजाय कुरामा म विश्वस्त रहेको छु । साथै सुरक्षा निकायले मैले दिएको निवेदन र आज मेरो पत्रकार सम्मेलनबाट उठाएको विषयलाई संज्ञानमा लिई अनुसन्धान गरी केशव त्वाननाबासु समेत मेरो अफिसमा छिरी मलाई नियन्त्रणमा लिने सबै अपराधिहरुलाई सजाय गर्छ भन्ने आशा लिएको छु ।

––––––––––––––
भीम सुवा गुरुङ
अध्यक्ष
गुरु रिम्योछे ट्रस्ट
मिति २०७९।४।१२



प्रतिक्रिया दिनुहोस्