काठमाडौं, १६ साउन । शेयर बजारमा आज सामान्य अंकको सुधार आएको छ । सोमबार नेप्से परिसुचक १ दशमलव १५ अंकले बढेर २१९६ दशमलव २५ विन्दु कायम भएको हो ।
त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज १ दशमलव ९४ अंकले घटेर ४२१ दशमलव १४ विन्दुमा पुगेको हो ।
नेप्सेको अनुसार २१७ कम्पनीको ४ अर्ब ६७ करोड ७९ लाख ८ हजार ७५६ रुपैयाँ बराबरको १ करोड ५१ लाख ८ हजार ७१२ कित्ता शेयर खरिद विक्रि भएको हो ।