काठमाडौं, १७ साउन । विभिन्न ९ बुँदे माग राखेर गत साउन ५ गतेदेखि आमरण अनशन सुरु गरेका काभ्रेपलाञ्चोक मण्डनदेउपुर–१० का गंगालाल श्रेष्ठले १३औं दिनमा आमरण अनशन स्थगित गरेका छन् ।
कोटेश्वरको महादेव मन्दिरबाट अनशन सुरु गरेका श्रेष्ठले स्वास्थ्यमा समस्या आएपछि माग पुरा नभई राजनीतिज्ञ मृग नविनको हातबाट जुश खाएर अनशन स्थगित गरेका हुन् । उनी केही दिन अघि माइतीघर मण्डलाबाट अनशनलाई निरन्तरता दिदै आएका थिए ।
श्रेष्ठले न्यायालय जस्तो पवित्र निकायलाई अपवित्र पार्ने कार्य तुरुन्त बन्द गर जस्ता ९ बुँदे माग राखेर कोटेश्वरको महादेवस्थानमा बिहीबारदेखि आमरण अनशन सुरु गरेका हुन् ।
गन्हाउदै गएको न्यायलय क्षेत्रलाई तुरुन्त सुधार गर । न्यायको खोल ओढेर अन्याय गर्ने त्यस्ता अपराधिहरुलाई कडा भन्दा कडा कावाहि गर । न्यायालय जस्तो पवित्र निकायलाई अपवित्र पान मद्दत पुर्याउन नेपालको संविधान २०७२ को दफा ५५ तुरुन्त संसोधन गर, अप्रत्याशीतरुपमा दलिय भागवण्डा र कोटको खल्तीबाट अदृश्य गलपासो भिडाई न्यायाधिसको नियुक्ती गर्ने प्रवृती बन्द गर, आफ्नो स्वार्थ पुर्तिको निम्ती एक आपसका नागरिक–नागरिक विच भिडन्त गराई लुटीखाने कार्य बन्द गर, देशमा भएका सम्पूर्ण राष्ट्रघाती सम्झौताहरु खारेज गर लगायतका माग उनले अघि सारेका छन् ।