Logo

विप्लवहरुविरुद्ध पक्राउ पुर्जी जारी भएकोमा मोदीको आपत्ति (भिडिओसहित)



काठमाडौं, १७ साउन । नेकपा (माओवादी केन्द्र) का सांसद अमनलाल मोदीले नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सहितका नेताहरुमाथि प्रक्राउ पुर्जी जारी गरिएकोमा आपत्ति जनाएका छन् । उनले विप्लवसँग सरकारले तीन बुँदे सहमति गरको अवस्था उल्लेख गर्दै सहमति कार्यान्वयनको लागि सरकार गम्भीर बन्नुपर्ने बताए ।

आज (मंगलबार) बसेको प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले यो विषय उठाएका हुन् । उनले सरकारसँगको सहमतिका आधारमा जेलमा रहेका सो समूहका नेता कार्यकर्तालाई रिहा गर्नुको साटो उल्टै पक्राउ पुर्जी जारी गरिएको भन्दै दुःख व्यक्त गरेका हुन् ।

उनले सम्बोधनको क्रममा भने,‘नेकपा विप्लव समूहसँग सरकारले तीन बुँदे सहमति गरेको छ। त्यसको कार्यान्वयनको सट्टा अहिले पनि धरपडक, वारेन्ट जारी हुन त यो अदालतको कुरा हो। तर सरकारसँग वार्ता गरिसकेपछि सरकारले पहलकदमी लिनुपर्छ। जेलमा रहेका बन्दी रिहाइ गरिनुपर्छ ।’ सो क्रममा उनले टिकापुर घट्नाको विषयमा पनि बोलेका थिए । रेशम चौधरीमाथि झुठा मुद्दा लगाईएको उनको भनाई थियो ।



प्रतिक्रिया दिनुहोस्