Logo

रवीन्द्र मिश्रको टिप्पणी : ‘मलाई चुनाव जित्ने, देश हार्ने राजनीति गर्नु छैन’



काठमाडौं, १८ साउन । विवेकशील साझाका नेता रवीन्द्र मिश्रले आफूलाई देश हार्ने र आफू चुनाव जित्ने राजनीति गर्नु नपरेको बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले देश पनि जित्ने र आफूले पनि जित्ने राजनीतिको लागि प्रयास जारी रहने बताएका छन् । उनले आफूले चुनाव हारेपनि ठिकै हुने प्रतिक्रिया दिएका छन् ।

उनले लेखेका छन्–‘ “मलाई चुनाव जित्ने, देश हार्ने राजनीति गर्नु छैन” शुभेच्छुकहरू भन्छन्: “तपाईंले यी एजेण्डा नल्याएको भए यो पटक चुनाव जित्नुहुन्थ्यो।” उनीहरूलाई म भन्ने गर्छु, “मैले गत २०/२५ वर्षमा जे देखेँ, भोगेँ, पढेँ, बुझेँ, त्यसबाट म पुगेको निष्कर्ष के हो भने, “मलाई चुनाव जित्ने, देश हार्ने राजनीति गर्नु छैन।”

मेरा दृष्टिकोणसँग तपाईं सहमत नहुन सक्नुहुन्छ, त्यसमा मेरो कुनै गुनासो छैन। देश पनि जित्ने, चुनाव पनि जित्ने राजनीतिको मेरो प्रयास भने जारी रहनेछ। यसो भन्दै गर्दा चुनाव हारेँ भने पनि ठिकै छ। सहमत भए, यो लिन्कमा सन्देश पठाउनुहोस्: https://rabindramishra.com/contact/ कुनै बेला हाम्रो भेट अवश्य हुनेछ। पुस्तक छिटै आउँदैछ। म किन यसरी सोच्दैछु भन्ने कुरा पुस्तकमा व्याख्या गर्ने प्रयास गरेको छु।”


प्रतिक्रिया दिनुहोस्