काठमाडौं, १८ साउन । ललितपुरमा आज होटल व्यवसायी मृत अवस्थामा फेला परेका छन् । दार्जलिङ घर भई ललितपुरमा मःम पसल गर्दै आएका राजकुमार श्रेत्री झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
श्रेत्रीको पत्नीको एक महिना अघि मात्रै मृत्यु भएको थियो । पत्नि वियोगमा रहेका श्रेत्री २५ वर्षदेखि पुल्चोकमा एउटै घरमा बस्दै आएका थिए ।
भित्रबाट चुकुल लगाएर पंखाको हुकमा सलमा पासो लागेर झुण्डिएको अवस्थामा प्रहरीले उनको शव बाहिर निकालेको हो । शव पोस्टमार्टमको लागि पाटन अस्पतालमा लगिएको छ ।