Logo

उडेको पाँच मिनेटमै इन्जिनमा समस्या आएपछि श्री एयरको जहाज आकस्मिक अवतरण



काठमाडौं, साउन १९ । नेपालगन्जबाट काठमाडौं आउन उडेको श्री एयरलाइन्सको जहाज इन्जिनमा समस्या देखिएपछि पुनः नेपालगन्ज फर्काएर आकस्मिक अवतरण गराइएको छ ।

जहाजको वायाँ इन्जिनमा धुवाँ देखिएपछि १० माइल उडेको जहाज सोही विमानस्थलमा फर्काइएको हो।

श्री एयरलाइन्सका अनुसार ७९ यात्रु र ४ जना चालक दलका सदस्यसहित बिहीबार बिहान ९ बजेर ४९ मिनेटमा उडेको जहाज पाँच मिनेट नपुग्दै इन्जिनमा समयस्या देखिएपछि फेरि नेपालगन्ज फर्किएको हो।

जहाजमा भएका सबै यात्रुलाई सकुशल बाहिर निकालिएको छ भने अहिले जहाज पार्किङमा राखेर प्राविधिकहरूले जहाजमा के भएको भनेर अध्ययन गरिरहेका छन्। यात्रुहरुलाई अर्काे उडानबाट काठमाडौं ल्याइएको छ ।



प्रतिक्रिया दिनुहोस्