Logo

मोहन वैद्य र धर्मेन्द बास्तोलाबीच एकता हुँदै



काठमाडौं, २० साउन । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेकपा बहुमत पार्टीबीच एकता हुने भएको छ । क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’र नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’बीच पार्टी एकता गर्ने सहमति भएको हो ।

दुई पार्टीको संयुक्त बैठकले एकता प्रक्रियालाई अघि बढाउन दुई पार्टीका ६÷६ जना गरी १२ सदस्यीय संयोजन समिति गठन गरेको जनाइएको छ ।

बहुमत पार्टीको तर्फबाट हेमन्तप्रकाश वली, दिपक चलाउने, गुणराज लोहनी, कृष्ण धमला, देवकला अधिकारी सदस्य रहेका छन् भने क्रान्तिकारी माओवादीबाट महासचिव वैद्य, सिपी गजुरेल, हरिभक्त कंडेललगायत रहेका छन् । वैद्य र बास्तोलाले संयुक्त वक्तव्य जारी गर्दै एकता प्रक्रियामा सामेल हुन कार्यकर्तालाई आह्वान गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्