Logo

दैलेखकी हिरा शर्माको थप उपचारको लागि आर्थिक सहयोगको अपिल



काठमाडौं, २२ साउन । चौबिसै घण्टा पिसाब बगिरहने समस्यासँग जुधिरहेकी दैलेख भगवतीमाई–५ का हिरा शर्माको थप उपचारको लागि परिवारले आर्थिक सहयोगको अपिल गरेको छ ।

१३ वर्षीया हिराको नेपालमा उपचार सम्भव नभएपछि विदेश लैजान पर्याप्त रकम नभएको भन्दै बुवा खडक प्रसाद शर्माले सबैसँग आर्थिक सहयोगको अपिल गरेका हुन् ।

हिराका बुवा शर्माले अस्पतालले दिएको सल्लाह अनुसार बच्चालाई उपचारको लागि विदेशतीर लैजान खोजेको भएपनि उपचारमा लाग्ने रकम डेढ करोड रुपैयाँ आफुसँग नभएको रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए ।

शर्माले हालसम्म छोरीको उपचारका लागि सहयोगी मनबाट १७ लाख रुपैयाँ उठेको भन्दै अझै अपुग भएको सुनाए । उनले भने,‘अमेरिकाको सम्बन्धित रोग सम्बिन्ध अस्पतालमा बुझ्दा १ लाख ५ हजार ३२७ अमेरिकी डलर लाग्ने जानकारी पाए । त्यत्ति रकम अमेरिकी अस्पतालको खातामा जम्मा गरेपछि टिकेट काटेर आउनु भनिएको छ । तर, हामीसँग त्यत्रो रकम छैन् । मेरो छोरीको उपचारको लागि सबैले सहयोग गरिदिनुहोला । छोरीलाई जसरी पनि हामी बचाउन चाहन्छौ ।’

शर्माले राज्यले सहयोग नगरेपनि देश विदेशमा बस्ने सबै नेपालीहरुले आफ्नो बच्चा जस्तै सम्झेर सहयोग गर्न अपिल गरेका छन् । उनले सबैलाई आफ्नो बच्चा बचाउँ अभियानमा सबैले साथ दिन पनि आग्रह गरे ।

जन्मिदा स्वस्थ जन्मिएका हिरालाई ९ वर्षदेखि युरिनरी ब्ल्याडर (२४ घण्टा पिसाब) भइरहने रोग लागेको थियो । शर्माले हिराको थप उपचारको लागि गाउँपालिका, प्रदेश सरकारमा सहयोगको अपिल गरेको तर, आजसम्म सरकारी निकायबाट  आश्वासन मात्र पाएको भन्दै दुखेसो पोखे । हिरा यतिबेला २४ घण्टा पिसाब गरिरहने भएपनि हिडडुल गर्न सक्छिन् ।

उनले हिराको स्वास्थ्यपचारमा सहयोग गर्न चाहनेहरुलाई राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालय सुर्खेतको खाता नम्बर ४००१०००३७३९१०१० र मोबाइल नम्बर ९८६८१८००६७ मा सम्पर्क गर्न पनि आग्रह गरेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्