Logo

छोरीको जन्मदिनमा १० लाखको जीवन बीमा



काठमाडौं, २३ साउन । छोरीको जन्मदिनको अवसरमा कैलालीकी भौनी देवी चौधरीले जीवन बिमा गराएकी छन् ।

जिल्लाको गोदावरी नगरपालिका १ बस्ने भौनीले आफ्नी छोरी रिनाको गुराँस लाइफ इन्सुरेन्स अत्तरिया शाखामा दश लाखको गुराँस जीवन श्री सावधिक तथा आजीवन बिमा गराएकी हुन् ।

फजुल खर्च गर्नुभन्दा पनि छोरीको बचत तथा सुरक्षाका दृष्टिकोणले जीवन बिमा गराएको भौनी चौधरीले बताइन् । उनले फजुल खर्च गर्नुभन्दा पनि जीवनको सुरक्षा तथा बचतको लागि सबैलाई जीवन बिमा गर्न आग्रह गरिन् ।

गुराँस लाइफ इन्सुरेन्स अत्तरिया शाखाका प्रमुख गजेन्द्र बहादुर भण्डारीले जन्मदिनको शुभकामना दिँदै आउने दिनहरूमा पनि यसरी बचत हुँदै जाने बताए।

 



प्रतिक्रिया दिनुहोस्