काठमाडौं, भदौ ४ । थापाथली इन्जिनियरिङ क्याम्पसका विद्यार्थीहरुले ‘इलेक्ट्रीक बाईक’ बनाएका छन् । थापाथली ईन्जिनियरिङ क्याम्पसमा अटो मोबाईल ईन्जिनियरिङ अन्ययनरत चार जना विद्यार्थी युवाले ‘इलेक्ट्रीक बाईक’ बनाएका हुन् ।
‘ब्याड ब्वाई’ नाम दिइएको उक्त बाईकलाई अस्तित्व मादेम, आदित्य आचार्य, रिसव गर्तौला र निकेश बज्राचार्यले बनाएका हुन् । उनीहरुले अन्तिम वर्षको ‘प्रोजेक्ट’मा इलेक्ट्रोनिक बाईक बनाएका हुन् । यस बाईक दुई देखि तिन लाखमा उत्पादन गरेको उनीहरुको दावी छ ।
बाईकलाई बजारमा ल्याउने वा नल्याउने भन्ने बारे भन्ने अहिले नै नसोचेको उनीहरुको दाबी छ ।