Logo

राजु श्रीवास्तवको स्वास्थ्यमा सुधार, सेल्फी लिन आईसीयूमा युवक पुगेपछि…



एजेन्सी, ६ भदौ । दिल्लीस्थित एम्स हस्पिटलमा जीवनको लडाइँ लडिरहेका हास्यकलाकार राजु श्रीवास्तवको स्वास्थ्यमा सुधार भइरहेको छ । उनको पूरै शरीरको चाल पहिलेको भन्दा राम्रो भएको अस्पतालले जनाएको छ । तर, पनि मस्तिष्कले प्रतिक्रिया दिइरहेको छैन् ।

चिकित्सकहरूले अक्सिजन आपूर्ति १० प्रतिशतले घटाएका छन् । उनको रक्तचाप सामान्य छ । उनीहरुलाई तरल आहारमा नलीबाट दूध र जुस खुवाइँदै आइरहेको भारतीय समाचार एजेन्सी दैनिक भाष्करले जनाएको छ ।

अगस्ट १० मा ट्रेडमिलमा व्यायाम गर्ने क्रममा राजुलाई हृदयघात भएको थियो । त्यसयता उनी दिल्लीको एम्समा भर्ना छन् । गत बुधबार राति उनको स्वास्थ्य अचानक बिग्रिएको खबर बाहिर आएको थियो ।

स्रोतका अनुसार राजु एम्सको दोस्रो तलाको आईसीयूमा भर्ना छन् । करिब ३ दिन अगाडि एक अपरिचित केटा आईसीयू भित्र पुगेर राजुसँग सेल्फी लिन थाले । त्यहाँ उपस्थित कर्मचारीले उनलाई रोकेर सोधपुछ गरे । परिवार पनि त्यहाँ पुगे । उनले सुरक्षा निकायमा गुनासो गरे । त्यसपछि आईसीयू बाहिर गार्ड तैनाथ गरिएको थियो । अनुमतिबिना कसैलाई पनि आईसीयूमा प्रवेश गर्न दिइँदैन ।

 



प्रतिक्रिया दिनुहोस्