काठमाडौं, ९ भदौ । ९ वर्षदेखि जेल सजाय भोगिरहेका एक कैदी फरार भएपछि नख्खु कारागारको सुरक्षा प्रमुख फेरिएका छन् ।
कर्तव्य ज्यान मुद्दामा जेल सजाय कटाइरहेका कैदी हत्कडीसहित फरार भएपछि प्रमुख प्रहरी निरीक्षक पुरुषोत्तम थपलियालाई जिम्मेवारीबाट हटाइएको हो ।
उनको पदमा कसलाई पठाउने भने टुंगो नलागेको प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।
गत बुधबार कारागारमा रहेका भोला बुढाथोकीलाई आँखामा समस्या भएपछि उपचारको लागि प्रहरीको टोलीले त्रिवि शिक्षण अस्पताल पुर्याएको थियो । प्रहरीको आँखा छलेर उनी फरार भएको जनाइएको छ । तर, उनी भने बिहीबार फेरी पक्राउ परिसकेका छन् ।