काठमाडौं, १२ भदौ । आइतबार नेपाल विद्यालय कर्मचारी परिषदले देशभरका सामुदायिक विद्यालयमा तालाबन्दी गरेको छ । परिषदले विभिन्न जिल्लामा तालाबन्दी गर्ने क्रम जारी रहेको जनाएको छ।
परिषदले उपत्यकाका विद्यालय बन्द गर्नको लागि ४१ सदस्यीय समिति समेत गठन गरेको छ । ताला लगाउन बाँकी विद्यालयमा पनि ताला लगाउने क्रम जारी रहेको छ । ताला लगाउँदा त्यसबाट सिर्जना हुने समस्याको जिम्मेवारी सरकारले लिनुपर्ने परिषदको भनाइ छ ।
सामुदायिक विद्यालय कर्मचारीहरु गत भदौ १ गतेदेखि तलबमा विभेद गरेको भन्दै आन्दोलित हुँदै आएका छन् ।