Logo

अनधिकृत संरचना हटाउनु महानगरको कार्यकारिणी अधिकारभित्र पर्छ : बालेन्द्र साह



काठमाडौं, १२ भदौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले मापदण्डविपरित बनाइएका संरचना हटाउने महानगरको कार्यकारिणी अधिकारभित्र पर्ने बताएका छन् ।  संरचना हटाउने क्रममा विभिन्न प्रश्न उठ्न थालेपछि मेयर साहले स्पष्टिरकण दिएका हुन् ।

सामाजिक सञ्जालमा एक विज्ञप्ती जारी गर्दै मेयर साहले आफ्नै स्वामित्वको जग्गामा संरचना निर्माण गर्ने व्यक्ति वा संस्थाले पनि महानगरको स्वीकृती विना निर्माण कार्य गर्न नपाउने स्पष्ट पारेका छन् । निर्माण सम्पन्नताको प्रमाणपत्र लिने क्रममा अब उप्रान्त थप संरचना निर्माण नगर्ने र त्यसो गरेको खण्डमा महानगरले आदेश दिएका बखत भत्काउनेछु भनी महानगरसंग सम्बन्धित व्यक्ति वा संस्थाले कवुलियत गर्ने गरेको समेत उनले उल्लेख गरेका छन् ।

कुनै पनि अनधिकृत निर्माण कार्य वा आफैले गरेको कवुलियत उल्लंघन गरेको कार्यको तत्काल रोकथाम तथा नियन्त्रण गर्नु महानगरको पहिलो दायित्व भएको समेत उनले बताएका छन् ।

उनले जारी गरेको विज्ञप्तीमा ‘नेपालको संविधान र कानूनले काठमाडौं महानगरपालिकालाई कानून बनाउने व्यवस्थापिकीय अधिकार, कानून कार्यान्वयन गर्ने कार्यकारिणी अधिकार तथा विवाद निरुपण गर्ने न्यायिक अधिकार दिएको छ । वर्तमान अवस्थामा अनधिकृत संरचना हटाउनको लागि महानगरले आफूमा अन्तरनिहित कार्यकारिणी अधिकार प्रयोग गरेको हो ।’



प्रतिक्रिया दिनुहोस्