Logo

प्रतिनिधिसभाको लागि मनाङबाट कांग्रेसका टेकबहादुर गुरुङको नाम सर्वसम्मतिमा सिफारिश



काठमाडौं, १३ भदौ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनको लागि नेपाली कांग्रेस मनाङले पूर्वमन्त्री टेकबहादुर गुरुङको नाम सर्वसम्मत्ले सिफारिश गरेको छ।

गुरुङ जिल्लाको विकासमा अहोरात्र खटिने नेताको रुपमा परिचित छन् । श्रममन्त्री भैसकेका गुरुङले जिल्लावासीलाई सबैखाले दुःख र सुखमा साथ दिँदै आएका छन् ।

गत बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा पनि गुरुङकै नेतृत्वमा कांग्रेसले बहुमत पालिकाहरु जितेको छ । केन्द्रीय नेताहरुले पनि गुरुङलाई धेरै रुचाएका छन् ।

कांग्रेस मनाङका सभापति शङ्कर गुरुङसहितका नेताहरुले टेकबहादुरलाई नै आगामी संघीय संसद्को निर्वाचनमा उठाउने सर्वसम्मत् निर्णय गरेको हो ।

गठबन्धनका शीर्ष नेताहरुले पनि गुरुङलाई नै साझा उम्मेद्धवार बनाउनसक्ने चर्चा भैरहेको बेला कांग्रेसले जिल्लाबाट प्रदेशमा उनको मात्रै नाम सिफारिश गरेको हो । file photo



प्रतिक्रिया दिनुहोस्